२२ भदौ, काठमाडौं। पूर्वपत्नीले दर्ता गरेको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले दिएको आदेशपछि गुरुङलाई नख्खु कारागार पठाइएको छ । इन्स्पेक्टर गुरुङविरुद्ध बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो। उनी प्रहरी प्रधान कार्यालय, नक्सालस्थित १ नम्बर गणमा कार्यरत थिए । यसअघि, गुरुङले सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको र सँगै रहेकी छोरीलाई भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी गरेका थिए। तर, पूर्वपत्नीले दिएको उजुरीपछि उनलाई ललितपुर प्रहरीले हिरासतमा लिएको थियो।















