२२ भदौ, काठमाडौं । नेपालमा भिसाको उद्देश्य विपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा पक्राउ परेका एक अमेरिकन नागरिकलाई अध्यागमन विभागले डिपोर्ट गर्ने निर्णय गरेको छ ।
अमेरिकन नागरिक डानियल एस कर्नीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएर ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । उनीमाथि बालगृहका बालबालिकाहरूलाई इसाई धर्मको शिक्षा दिई धर्म परिवर्तन गर्न प्रोत्साहित गरेको आरोप छ। भदौ ९ गते उनलाई धर्म प्रचार गरिरहेकै अवस्थामा पक्राउ गरिएको थियो । यसैगरी, अध्यागमन विभागले अन्य पाँच विदेशी नागरिकलाई पनि नेपालबाट डिपोर्ट गर्ने निर्णय गरेको छस्
पर्यटक भिसामा आएकी एक फ्रान्सेली नागरिकलाई व्यवसाय र डिजिटल कारोबारमा संलग्न भएको भेटिएपछि ५० हजार रुपैयाँ जरिवानासहित तीन वर्षका लागि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । यी चारजनामाथि पनि टर्किस भाषा पढाउने र धर्म प्रचार गर्ने गरेको आरोप छ। उनीहरू प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ। नेपालको कानुनअनुसार, विदेशी नागरिकले आफ्नो भिसाको प्रकृतिभन्दा बाहिरको कुनै पनि गतिविधि (जस्तैः धर्म प्रचार, व्यवसाय आदि) गर्न पाउँदैनन् ।














