Logo

२२ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध पत्रकारहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर र नेपाल प्रेस युनियन लगायतका पत्रकार संगठनहरूले संयुक्त रूपमा विरोध कार्यक्रम आयोजना गरेका हुन् । उनीहरूले ‘सञ्जाल बन्द, आवाज बन्दु,’ अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’ र जनताको मुख थुन्न पाइँदैन’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

पत्रकारहरूले सरकारको यो कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचना पाउने अधिकारमाथि गम्भीर आघात पुगेको बताएका छन् । उनीहरूले तत्काल सामाजिक सञ्जालहरू खुला गर्न र यस विषयमा सरोकारवालासँग छलफल गरेर दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै