Logo

२२ भदौ, काठमाडौं। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा सोमबार हुने ‘जेनजी (जेनेरेसन जेड) पुस्ताको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।

उमेरका कारण आफू प्रदर्शनमा सहभागी हुन नसके पनि उनीहरूको माग बुझ्न जरुरी रहेको भन्दै बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘भोलिको र्‍याली स्पष्ट रूपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु।’

बालेनले यो स्वस्फूर्त र्‍यालीमा कुनै पनि राजनीतिक दल, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताहरूलाई आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न चेतावनीसमेत दिएका छन्। उनले भनेका छन्, ‘म उमेर हदको कारण जान मिलेन, तर उहाँहरूको कुरा बुझ्न जरुरी छ, मेरो भरपूर समर्थन छ।


सम्बन्धित समाचार
भर्खरै