Logo

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाले नेतृत्व गरेको प्रदर्शनले उग्र रूप लिएको छ। निषेधाज्ञा तोडेर नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ।

माइतीघरबाट सुरु भएको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै संसद भवनको गेट अगाडि पुगेको हो। तीनकुनेबाट आएको अर्को समूह पनि संसद भवन नजिकै पुगेको थियो। प्रहरीले उनीहरूलाई रोक्न खोज्दा झडपको स्थिति उत्पन्न भएको बताइएको छ।

प्रदर्शनकारीहरू ’स्वतन्त्रता, न्याय, सुशासन’ लगायतका नारा लगाउँदै अगाडि बढेका थिए। प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको जनाएको छ।


सम्बन्धित समाचार