२३ भदौ,काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजी युवाहरू प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।
प्रदर्शनकारीहरूले गेटबाट माथि चढेर संसद् भवनको परिसरमा प्रवेश गरेका हुन्। उनीहरूलाई रोक्न प्रहरीले व्यापक प्रयास गरे पनि सफल भएन।
अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिरहेको छ। संसद भवनभित्र प्रदर्शनकारी प्रवेश गरेपछि नयाँबानेश्वर क्षेत्रमा तनावको स्थिति उत्पन्न भएको छ।















