Logo

२३ भदौ,काठमाडौं ।जेनजी युवाहरूको प्रदर्शन उग्र बनेपछि काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अवस्था नियन्त्रणभन्दा बाहिर गएको भन्दै यो आदेश जारी गरेको हो।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीहरूको समूहले निषेधाज्ञा तोडेर नयाँबानेश्वरस्थित संसद भवनतर्फ अगाडि बढ्ने प्रयास गरेका थिए। प्रहरीको अवरोध तोड्दै उनीहरू संसद भवनभित्रै प्रवेश गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँससमेत प्रहार गरेको थियो।

संसद भवनभित्र प्रदर्शनकारी प्रवेश गरेपछि स्थिति थप बिग्रन नदिन कर्फ्यु लगाइएको हो।


सम्बन्धित समाचार