२३ भदौ,काठमाडौं । जेनजी युवाहरूको आन्दोलन उग्र बनेपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। अहिले बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा आन्दोलनकारीहरू प्रहरीको घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेपछि स्थिति थप बिग्रिएको हो। अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले यसअघि नै कफ्र्यु आदेश जारी गरिसकेको छ।
प्रदर्शनकारीले संसद भवनको गेटमा आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई तितरबितर पार्न रबरको गोली चलाउनुपरेको बताएको छ।















