Logo

२३ भदौ, काठमाडौं । सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको जेनजीको प्रदर्शनले काठमाडौंमा ठूलो तनाव सिर्जना गरेको छ।

प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद भवनमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले उनीहरूलाई तितरबितर पार्न पटकपटक अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीको बल प्रयोगका बाबजुद पनि प्रदर्शनकारीहरू पछि हटेका छैनन् । स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यो कर्फ्यु आदेश सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्म लागू हुनेछ। नयाँ बानेश्वर चोक, बिजुली बजार, तीनकुने, रत्नराज्य माध्यमिक विद्यालय र शंखमूल पुलसम्मका क्षेत्रहरूमा कर्फ्यु लगाइएको छ।

यसैगरी, जेनजीको आन्दोलनका कारण राज्य व्यवस्था समितिको बैठकसमेत प्रभावित भएको छ। प्रहरी विधेयकमाथि छलफल चलिरहेका बेला गृहमन्त्री रमेश लेखक बीचमै बैठक छाडेर बाहिरिएपछि बैठक स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेपछि स्थिति नियन्त्रणमा लिन आवश्यक छलफलका लागि गृहमन्त्री बाहिरिएको बताइएको छ ।


सम्बन्धित समाचार