Logo

२३ भदौ, काठमाडौं । जेनजी (युवा) हरूले सुरु गरेको आन्दोलनलाई नियन्त्रणमा लिन गृह मन्त्रालयका उच्च अधिकारीहरू अनौपचारिक बैठकमा जुटेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेपछि स्थितिबारे छलफल गर्न गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बीचमै छाडेर मन्त्रालय पुगेका हुन् । गृहमन्त्री लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र सुरक्षा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतका अधिकारीहरूले प्रदर्शनको जानकारी लिइरहेका छन् ।

मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव काफ्लेले भने, हामी फिल्डको अवस्थाबारे सूचना संकलन गरिरहेका छौँ।’


सम्बन्धित समाचार