Logo

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरी दमन र त्यसमा एक जनाको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाइएको हो । संसद भवन घेराउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । घाइतेहरूको सिभिल अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको छ। नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइए पनि प्रदर्शनकारीहरू आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । यसै परिस्थितिबारे छलफल गर्न रास्वपाले यो आकस्मिक बैठक बोलाएको हो।


सम्बन्धित समाचार
भर्खरै