२३ भदौ, काठमाडौं । जेनजीको आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोलीबाट घाइते भएकाहरूमध्ये थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ट्रमा प्रशासनका अनुसार उनीहरूको जाँच र उपचार चलिरहेको छ। यसअघि नै सिभिल अस्पतालमा एक जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सोही अस्पतालमा अन्य दर्जनौँ घाइतेको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। घाइतेहरूको यकिन संख्या भने अझैसम्म यकिन हुन सकेको छैन । यस घटनाले जेनजीको प्रदर्शन थप उग्र र जोखिमपूर्ण बनेको देखाएको छ ।















