Logo

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी (युवा) ले उठाएका मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

मध्यपहाडी लोकमार्गको अभियानमा रहेका प्रचण्डले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकोमा आपत्ति जनाएका छन् । उनले ‘जेनजी युवाहरूले उठाएका माग जायज छन् । उनीहरूको माग तत्काल पूरा गर्न म सरकारसँग आग्रह गर्दछु। साथै, प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ७०८० जना घाइते भएको र एक जनाको मृत्यु भएको खबर आएको छ। यसको वास्तविकता सार्वजनिक गर्न र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न म माग गर्दछु।’

प्रचण्डले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै