Logo

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र शासकीय अव्यवस्थाविरुद्ध जेनजी (युवा) ले सुरु गरेको आन्दोलनले हिंसात्मक रूप लिएको छ। प्रहरीको गोली लागेर अहिलेसम्म दुई जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा गोली लागेर घाइते भएकाहरूमध्ये एक जनाको निजामती अस्पतालमा मृत्यु भएको छ। सोही अस्पतालमा करिब १०० भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। यसैगरी, वीर अस्पतालको ट्रमा सेन्टरमा पनि करिब ३० जना घाइतेको उपचार भइरहेको छ।

प्रदर्शन अनियन्त्रित भएपछि सरकारले मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास र त्यस वरपरका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। तर, युवाहरूले कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन जारी राखेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्याँस प्रहार गर्नुका साथै बल प्रयोग गरेको छ। यसले गर्दा बानेश्वर क्षेत्रमा तनाव थप बढेको छ।

 


सम्बन्धित समाचार
भर्खरै