२३ भदौ, काठमाडौं। जेनजीको प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ।
अस्पताल स्रोतका अनुसार, प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनीहरूको उपचारको क्रममा ज्यान गएको हो । यसअघि, सिभिल अस्पतालमा पनि एक जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भइसकेको छ। यसरी प्रहरीको गोली लागेर ज्यान गुमाउने प्रदर्शनकारीको संख्या बढ्दै गएको छ, जसले स्थिति थप गम्भीर बनेको देखाउँछ।















