२३ भदौ, काठमाडौं । सोमबार काठमाडौंमा भएको जेनजी ९युवा० को प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक जना र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीको बल प्रयोगपछि प्रदर्शन हिंसात्मक बनेको थियो। रबरको गोली लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।
दिउँसो साढे १२ बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिए पनि प्रदर्शन रोकिएको छैन र नयाँ बानेश्वर क्षेत्र अहिले पनि तनावग्रस्त छ। घाइतेहरूको यकिन संख्या भने आइसकेको छैन।















