Logo

२३ भदौ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।

रास्वपा पर्साका सभापति हरि पन्तको नेतृत्वमा गएको एक टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले यस विषयमा प्रधानमन्त्रीको कार्यालयलाई जानकारी गराउने आश्वासन दिएका छन्।

रास्वपा पर्साका सभापति हरि पन्तले सरकारको यो निर्णयले आम जनताको सूचनाको मौलिक अधिकारको उल्लङ्घन भएको बताएका छन्। उनले सामाजिक सञ्जालहरूको नियमन र व्यवस्थापनका अन्य उपायहरू नअपनाई सिधै बन्द गर्ने निर्णय निरङ्कुश शैलीको भएको आरोप लगाएका छन्।

पन्तले यस निर्णयले व्यवसायी, विद्यार्थी लगायत सम्पूर्ण नेपालीको नागरिक अधिकार कुण्ठित भएको बताए। ज्ञापनपत्र बुझाउने टोलीमा रास्वपा पर्साका सचिव सुदिस प्रजापति, सहसचिव कृष्ण पासवान, क्षेत्रीय सभापति राम आर्या, फैयाज मिया र नगर सभापतिहरू माधव बस्नेत तथा चन्दन गुप्ता लगायतको सहभागिता थियो।


सम्बन्धित समाचार
भर्खरै