२३ भदौ, काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न सहरमा प्रदर्शन गरिरहेका ‘जेनजी’ आन्दोलनले आफ्ना सबै प्रदर्शनकारीहरूलाई सुरक्षित रूपमा घर फर्कन आह्वान गरेको छ ।
काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनमा ‘घुसपैठ’ भएको भन्दै जेन डट जेट नेपालले सूचना जारी गरी यस्तो आग्रह गरेको हो । आज बिहान ९ बजेदेखि माइतीघर मण्डलामा भेला भएका युवाहरूले बानेश्वरको निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो। प्रदर्शनकारीहरू संसद भवन परिसरभित्र प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो, जसका कारण थुप्रैको मृत्यु भएको छ।
आन्दोलनकारीहरूले आफ्नो प्रदर्शनको शान्तिपूर्ण चरित्र कायम राख्न खोज्दै, घुसेका व्यक्तिहरूले हिंसात्मक गतिविधि गरेको आरोप लगाएका छन्।















