Logo

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा उत्रिएका जेनजी (युवा) को प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

गम्भीर घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा थप मृत्यु भएपछि मृतकको संख्या बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूबाट प्राप्त विवरणमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु हुनेहरूमाः

ट्रमा सेन्टर– ६ जना

सिभिल अस्पताल– ३ जना

केएमसी अस्पताल– १ जना

त्रिवि शिक्षण अस्पताल– १ जना

एभरेस्ट अस्पताल– ३ जना

यद्यपि, घाइतेहरूको यकिन विवरण भने प्राप्त हुन सकेको छैन।

 


सम्बन्धित समाचार
भर्खरै