२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको जेनजी ९युवा० को प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।
विभिन्न अस्पतालबाट प्राप्त जानकारीअनुसार, प्रदर्शनकारीहरूको उपचारका क्रममा यो दुःखद क्षति भएको हो।
अस्पतालअनुसार मृत्यु हुनेको संख्याः
ट्रमा सेन्टरः ६ जना
एभरेस्ट अस्पतालः ५ जना
सिभिल अस्पतालः ३ जना
काठमाडौं मेडिकल कलेजः १ जना
त्रिवि शिक्षण अस्पतालः १ जना
यस घटनाले सरकार र प्रदर्शनकारीबीचको तनावपूर्ण अवस्थालाई गम्भीर मोडमा पुर्याएको छ। शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा भएको मानवीय क्षतिले देशभर आक्रोश बढाएको छ।















