Logo

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन–जी पुस्ताको प्रदर्शनमा सरकारको दमनलाई क्षमा दिन नसकिने अपराध भन्दै कडा आपत्ति जनाएका छन्।

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १६ जनाको मृत्यु भइसकेको पुष्टि भइरहँदा नेता भण्डारीले सामाजिक सञ्जालमार्फत सरकारलाई तत्काल युवाहरूको माग पूरा गर्न आह्वान गरेका छन्।

भण्डारीले लेखेका छन्,“सरकार, युवाको माग तुरुन्त पूरा गर। राष्ट्रिय झण्डा बोकेका युवामाथि गोली! युवाको मृत्यु दुःखद् छ। क्षमा दिन नसकिने काम नगर।“

उनको यो टिप्पणी जेन–जी आन्दोलनको चपेटामा देशभर स्थिति अस्थिर भइरहँदा आएको हो। राजधानी काठमाडौँदेखि पोखरा, चितवन, बुटवल, धनगढी लगायत विभिन्न सहरमा प्रदर्शन चर्किँदो छ।

सरकारले प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन र कफ्र्यू आदेश जारी गरे पनि प्रदर्शनकारीहरू सडकमा छन्। नेताहरूबाट आलोचना चर्किंदै गएको छ भने सत्तापक्ष अझै मौन देखिएको छ।

भण्डारीको अभिव्यक्तिले सरकारमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ।
विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै