२३ भदौ,वीरगञ्ज । भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगञ्ज भन्सार क्षेत्रमा गोली प्रहार गर्ने व्यक्ति प्रदिप शर्मा पक्राउ परेका छन्।
नेपाल–भारत सीमा नजिकको वीरगञ्ज भन्सार क्षेत्रमै उनीमाथि गोली प्रहार भएको प्रारम्भिक जानकारी सशस्त्र प्रहरी पर्साले दिएको छ। निशा कुमारी गोलु सहनीकी छोरी हुन्।
घटनापछि घाइते निशालाई तत्काल वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरियो। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ र उपचार जारी छ।
गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा गोली प्रहारको कारण स्पष्ट नभए पनि सुरक्षाकर्मीले घटनाको गम्भीरता अनुसार अनुसन्धान गरिरहेको जनाइएको छ।
सिमावर्ती क्षेत्रमा यस्तो घटना भएपछि सुरक्षा सतर्कता बढाइएको छ।
विस्तृत विवरण आउन बाँकी छ।















