२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन्।
मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका प्रमुख नेताहरूको घरमा पनि आगो लगाइसकेका छन्।
देशभरि चलिरहेको जेनजी आन्दोलनले हिंसात्मक रूप लिँदै गएको छ ।

















