Logo

२५ भदौ, वीरगञ्ज । वीरगञ्ज कारागार आज बिहानदेखि तनावग्रस्त बनेको छ। गएराति करिब ११ बजेदेखि कैदीहरू उम्किन खोजेपछि सुरक्षाकर्मी र कैदीबीच स्थिति नियन्त्रणबाहिर जान थालेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली रातिदेखि नै कारागार वरिपरि तैनाथ भएको छ। आज बिहान स्थिति थप जटिल भएपछि सुरक्षाकर्मीहरूले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेका छन् ।

भित्र रहेका कैदीहरूले भने सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्दै प्रतिरोध गरिरहेका छन्। कैदीहरूको समूहगत प्रयासलाई रोक्न सुरक्षाकर्मीले कारागार परिसर वरिपरि सुरक्षा घेराबन्दी कडा बनाएका छन् ।

सुरक्षा निकायले घटनालाई नियन्त्रणमा लिन प्रयासरत रहेको र स्थानीय बासिन्दालाई कारागार क्षेत्र नजिक नजान आग्रह गरेको छ ।


सम्बन्धित समाचार