Logo

२४ फागुन, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले आधारभूत तह (कक्षा आठ) को परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।

आधारभूत तह (कक्षा आठको बार्षिक परीक्षा २०७९ मा सहभागी हुनका लागि परीक्षा आवेदन फाराम नबुझाएका विद्यार्थीहरुका लागि फागुन २६ गतेसम्म अनिवार्य रुपमा आवेदन फाराम बुझाउनुपर्ने महानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

फागुन ३ गते प्रकाशित सूचना अनुसार अधिकांश विद्यार्थीहरुले कक्षा आठको परीक्षा आवेदन फाराम नभरेको पाईएकोले फागुन २६ गतेभित्रमा अनिवार्य रुपमा आवेदन फाराम बुझाउन महाशाखाले सूचना प्रकाशित गरेको हो ।

थपिएको म्याद भित्रमा परीक्षार्थीले पाँचसयको दरले परीक्षा शुल्क तोकिएको बैंक खातामा जम्मा गरेको भौचरको सक्कल प्रति परीक्षा आवेदन फारामको साथ संलग्न गर्नुपर्ने छ ।

सक्कल भौचर आवेदनको साथमा संलग्न नगरेका संस्थागत विद्यालयहरुका विद्यार्थीहरुको परीक्षा आवेदन फाराम स्वीकृत नगरिने पनि उपमहानगरपालिकको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ । परीक्षार्थीहरुले फाराम नभरेकोमा उपमहानगरपालिकाले अभिभावकहरुको पनि ध्यानकर्षण गराएको छ ।

 


सम्बन्धित समाचार