Logo

२५ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ । २५ वर्षीय जाँहगिर अन्सारीसहित ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्धा प्रहरीले दर्ता गरेको हो ।

गत मंगलवार होली खेल्ने क्रममा वीरगञ्ज–८ घण्टाघरस्थित पशुपतिमार्केट बाहिर होहल्ला भएको सूचनाको आधारमा प्रहरी टोली पुग्दा प्रहरीसँग पनि दुव्र्यवहार र अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक प्रवक्ता दिपक गिरीले जानकारी दिनुभयो ।

सामान्य अभद्र व्यवहारको मुद्धा भएको हुँदा पत्रकार सम्मेलन नगरिएको उहाँको भनाई छ । उहाँका अनुसार दिनहुँ सबैभन्दा बढी अभद्र व्यवहारकै मुद्धा दर्ता हुने गरेका छन् ।

युवतीसँग दुव्र्यवहार गरेको भनिएपनि युवतीले नै दुव्र्यवहार नगरेको प्रतिक्रिया दिएको प्रहरी प्रवक्ता गिरीको भनाई छ । होहल्ला किन गरेको भनेर बुझ्न खोज्दा प्रहरीलाई नै अभद्र व्यवहार गरेपछि अन्सारीसहित २४ वर्षीय आदित्य गिरी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अल्फाज अन्सारी, २७ वर्षीय तारीक अन्सारी र २४ वर्षीय आशिष साहलाई हिरासतमा राखिएको छ ।

नारायणी अस्पताल स्रोतका अनुसार उनीहरुले अत्यधिक मात्रामा मादक पदार्थ समेत सेवन गरेको खुलेको थियो ।

 


सम्बन्धित समाचार