Logo

२७ भदौ,वीरगञ्ज । ‘जेनजी’ आन्दोलनको नाममा महोत्तरीको बर्दिबासमा १८३ वटा सालका रुख काटिएको खुलासा भएको छ। बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति मातहत रहेको वन क्षेत्रमा ठूलो संख्यामा रुख काटिएको हो।

उपभोक्ता समितिका अध्यक्ष विजय झाका अनुसार, आन्दोलनको दिन युवाहरूको एक समूहले समितिको कार्यालयमा आगजनी गर्ने प्रयास गरेको थियो। सो प्रयास असफल भएपछि उनीहरूले सोही दिन १८ वटा सालका रुख काटेका थिए। त्यसको भोलिपल्ट, बुधबार, थप १६५ वटा रुख काटिएको झाको भनाइ छ।

यस घटनामा संलग्न कृष्ण घलानसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको थियो। तर, सयौँको संख्यामा गाउँलेहरूले घेराउ गरेपछि उनीहरूलाई छाड्नु परेको प्रहरीले जनाएको छ।

हाल घटनाबारे अनुसन्धान भइरहेको छ। रुख कटानमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्न स्थानीय र सरोकारवालाहरूले माग गरेका छन्।


सम्बन्धित समाचार