Logo

तस्बिर बिशाल पटेल

२६ फागुन,वीरगञ्ज । चैत ५ गते हुने स्ववियु निर्वाचनको विषयलाई लिएर ठाकुरराम बहुमुखी क्याम्पसमा विवाद भएको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्दा नक्कली विद्यार्थीहरुको समेत नामावली प्रकाशित गरेको आरोप लगाउदै विद्यार्थीहरुले विरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

तस्बिर बिशाल पटेल

सोहीक्रममा बिबाद झनै बढेपछि आक्रोशित केही विद्यार्थीहरुले क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका छन । क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख रामबिनय प्रसा यादवले बिधार्थीको नामावलीमा त्रुटि गरेको भन्दै बिधार्थीहरुले उनको राजिनामा माँग गरेका थिए ।

यादवले राजिनामा पनि सोही बेला दिएका थिए ।तर राजिनामा स्विकृत गर्ने बिषयमा क्याम्पस प्रशासनले आनाकानी गरेपछि बिधार्थीहरु झनै आक्रोशित बनेका थिए ।क्याम्पसमा आगजनी भएपछि प्रहरीले तीन जना बिधार्थी नेताहरुलाई नियन्त्रणमा लिएको छ ।

तस्बिर बिशाल पटेल

अनेरास्वबियु क्रान्तिकारीका नेता शिवम साह, एकीकृत समाजवादी निकटका सुजित गिरी र अनेरास्ववियुका बिधार्थी नेता अभिषेक चौहानलाईे नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।उनीहरु तीनैजनालाई प्रहरीले भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगेको छ ।अगामी चैत ५ गते स्वबियु निर्बाचन हुदैछ ।त्यसैको तयारीको लागि अहिले ठाकुरराम क्याम्स लागेको छ ।

क्याम्पसमा अध्यनरत रहेका बिधार्थीहरुको नामावलीमा भएको त्रुटिको बारेमा अहिले क्याम्पस प्रमुख डा.उमेश कुमार चौरसियाको उपस्थितीमा बिबाद मिलाउन बैठक बसिरहेको छ ।क्याम्पसमा नामावलीको बिबादलाई लिएर बिहीबार देखि नै बिबाद हुदै आएको छ ।त्यसैकारण बिहीबार राति नै अन्तिम नामावली प्रकाशन गर्ने तयारी क्याम्पसले गरेपनि हालसम्म बिबाद बढदै गएपछि अन्तिम नामावली प्रकाशन हुन सकेको छैन ।

तस्बिर बिशाल पटेल


सम्बन्धित समाचार