Logo

५ असोज, काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ। हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाइ तस्वीर’ भन्दै सार्वजनिक गरे पनि उनीहरूको वास्तविक अवस्था र स्वास्थ्यबारे भने कुनै विवरण दिएको छैन।

इस्रायली सञ्चारमाध्यम टाइम्स अफ इजरायल का अनुसार हमासले यो कदम बन्दीका परिवार र इजरायली सरकारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यले उठाएको हो। इस्रायल सरकारले भने उक्त तस्वीरलाई “प्रोपोगान्डा”को संज्ञा दिएको छ।

नेपालका विपिन जोशीसहितका बन्दीहरू करिब दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका छन्। इजरायल र हमासबीच निरन्तर द्वन्द्व चलिरहेको अवस्थामा बन्धकहरूको सुरक्षित अवस्थाबारे चिन्ता बढ्दै गएको छ।

हाल इस्रायलले गाजा क्षेत्रमा सैन्य आक्रमणलाई तीव्रता दिइरहेको छ। यही पृष्ठभूमिमा हमासले बन्धकहरूको तस्वीर सार्वजनिक गर्नुलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बन्धकहरूको जीवनलाई अझ बढी जोखिममा पार्ने संकेतका रूपमा व्याख्या गरेका छन्।

बन्धक प्रकरणबारे अन्तर्राष्ट्रिय समुदायमा पनि चासो बढ्दो छ। द्वन्द्व समाधान र बन्धकहरूको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल आवश्यक रहेको विशेषज्ञहरूको धारणा छ। नेपाल सरकारले समेत अघिल्ला वर्षहरूमा आफ्ना नागरिकको सुरक्षाका लागि निरन्तर पहल गर्दै आएको छ।


सम्बन्धित समाचार
भर्खरै