Logo

८ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेको संख्या दुई पुग्यो

यो घटनामा पक्राउ पर्नेको संख्या दुई पुगेको छ। यसअघि प्रहरीले काभ्रे घर भएका युवराज क्याप्छाकीलाई पनि पक्राउ गरिसकेको थियो । महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गरिरहेको भिडियो फुटेजको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको छ ।

२४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । त्यस्तै, प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको पनि सोही आन्दोलनमा हत्या भएको थियो। भिडियो फुटेजमा, ओम पौडेलले ‘तँ डीएसपी होस’ भन्दै लट्ठीले प्रहार गरी जवान थापाको हत्या गरेको देखिन्छ।


सम्बन्धित समाचार