Logo

काठमाडौँ, असोज २६। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्न निर्वाचन आयोगले समयसीमा तोकेको ६ दिन बितिसक्दा पनि एउटा पनि निवेदन परेको छैन ।

निर्वाचन आयोगले असोज २० गते सूचना प्रकाशित गरी कात्तिक ३० गतेसम्म नयाँ दल दर्ता गरी प्रमाणपत्र लिइसक्न भनेको थियो। तर, आयोगको सूचना प्रकाशित भएयता नयाँ दल दर्ताका लागि कुनै निवेदन नआएको आयोगले पुष्टि गरेको छ।

सोधपुछ जारी, चाडपर्वले ढिलो?

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निवेदन नपरेको बताए पनि दल दर्ताको प्रक्रियाबारे सोधपुछ भने भइरहेको जानकारी दिनुभयो। ‘सूचना प्रकाशित गरेको एक साता बित्न लाग्यो, तर अहिलेसम्म कसैको पनि निवेदन आएको छैन। केही व्यक्तिहरूले दल दर्ताको प्रक्रिया के हुन्छ, कसरी गर्नुपर्छ भनेर सोधपुछ गर्नुभएको छ,’ प्रवक्ता भट्टराईले भन्नुभयो । उहाँले यो बीचमा चाडबाड परेकाले पनि निवेदन आउन ढिलाइ भएको हुन सक्ने अनुमान गर्नुभयो ।
आयोगले सूचना प्रकाशित गर्नुअघि भने जेन–जी आन्दोलनपछि दुईवटा दल दर्ताका लागि निवेदन परेको थियो ।


सम्बन्धित समाचार