Logo

३१ असोज, काठमाडौं । ‘गरिखान देउ’ अभियानका अगुवा मिराज ढुंगाना औपचारिक रूपमा राजनीतिक मैदानमा उत्रिने भएका छन् ।

उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ राजनीतिक दलको घोषणा गर्ने तयारी गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा भिडिओ सार्वजनिक गर्दै ढुंगानाले पार्टी खोल्नै पर्ने अवस्था आएको बताएका छन् । यद्यपि, उनले तत्काल अहिलेकै अवस्थामा निर्वाचनमा नजाने अडान राखेका छन्। उनको पार्टीले तीनवटा मुख्य शर्त पूरा नभएसम्म चुनावी प्रक्रियामा भाग नलिने स्पष्ट पारेको छ ।

तीन बटमलाइन माग

ढुंगानाको नेतृत्वमा स्थापित हुने नयाँ दलका तीन कठोर राजनीतिक शर्तहरू छन् । देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरिनुपर्ने, विदेशमा बस्ने नेपाली नागरिकको भोट गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको स्वतन्त्र निकाय गठन गरिनुपर्ने, जेनजी आन्दोलनबाट राजनीतिक यात्रा लगायको माग अघि सारेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन लाई परिवर्तनको अभियान भन्दै ढुंगानाले आफ्नो दल सोही जगमा उभिएको बताएका छन् । आन्दोलनमा ७८ जना नेपालीले ज्यान गुमाउनु परेको भन्दै देश गम्भीर अवस्थामा रहेको र निकाशका लागि आफूहरू जिम्मेवार रहेको उनको भनाइ छ। ढुंगानाले देशको मुहार फेर्ने चाहना राख्ने सबैलाई नयाँ अभियानमा डटेर शान्तिपूर्ण रूपमा लड्न आफूसँग जोडिन आह्वान गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै