Logo

१ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दशैंदेखि तिहारसम्मको समयमा १२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध पटाका बरामद गरी नष्ट गरेको छ।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार वीरगन्जसहित जिल्लाका विभिन्न स्थानहरूबाट चेकजाँच र गस्तीका क्रममा पटाका बरामद गरिएको हो।

“दशैंदेखि तिहारको बीचमा हामीले १२ लाख रुपैयाँभन्दा बढीको पटाका बरामद गरेका छौं,” डिएसपी बस्नेतले बताए। उनका अनुसार मुख्यतया गस्ती, सडकमा हुने सवारी चेकजाँच तथा मातहतका प्रहरी कार्यालयमार्फत विभिन्न स्थानहरूमा गरिएको निगरानीका क्रममा ती पटाका फेला पारिएको हो।

बरामद गरिएका सबै पटाका शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको प्रांगणमा खाल्डोमा पुरेर सुरक्षित रूपमा नष्ट गरिएको डिएसपी बस्नेतले जानकारी दिए।

अवैध रूपमा बिक्रीवितरण र प्रयोग हुने विस्फोटकजन्य वस्तुहरूले दुर्घटना तथा आपराधिक घटनाको जोखिम बढाउने भएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ। प्रहरीले आम नागरिकलाई अवैध पटाका बिक्री, खरिद वा प्रयोग नगर्नसमेत आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै