Logo

३ चैत,कलैया । बाराको कलैयामा आज बिहान स्कुल बसको ठक्करबाट एकजना बालकको ज्यान गएको छ ।

वीरगन्ज स्थित गुरुकुल एकेडमीको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका–१ बालमन्दिर नजिक एकजना बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका तीन बर्षीय छोरा कार्तिक साह सोनारको ज्यान गएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छ ।


सम्बन्धित समाचार