Logo

३ चैत,बारा । बाराको सिम्रौनगढ नजिक सिमावर्ति भारतको घोडासहनमा एक जना खुर्सानी व्यवसायीको गोली हानी हत्या भएको छ । घोडासहन थाना क्षेत्रको श्रीपुर कसवा निवासी सोमनाथ साहको हत्या भएको हो ।

साह खुर्सानी र मसालाको थोक बिक्रेता हुनुहुन्छ । हिजो साँझ ६ बजे आफ्नो घर जादै गरेका उनलाई सिताराम भगतको मन्दिर नजिक अज्ञात समुहले गोली हानेका थिए ।

गोली हानेपछी उनको साथमा रहेको नगद ३ लाख रुपैँया समेत लुटेका छन् । यता गोली लागेर गम्भिर घाईते भएका साहलाई उपचारको लागि मोतिहारी लैजादै गर्दा बाटोमा मृत्यु भएको भारतिय प्रहरीले जनाएको छ ।

गोली हान्ने अपराधीको खोजतलास भैइरहेको घोडासहन सिकरहना अनुमण्डलका डिएसपी राजेश कुमारले जानकारी दिनुभयो । यसैविच घोडासहन व्यवसायीहरु आज आफ्नो पसल बन्द गरि आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले मृतकको शव सडकमै राखेर सडकजाम गर्दै प्रशासन विरुद्ध नारा लगाएका छन् । फरार अपराधीलाई तुरुन्त पक्राउ गरी कानुनी दायारामा ल्याउन र मृतकको परिवारलाई क्षतिपुर्ती दिन माग गरेका छन्।


सम्बन्धित समाचार