Logo

३ चैत,सेढवा ।समाजमा लागूऔषध दुव्र्यसनीको सङख्या बढ्दै गईरहेको भन्दै यसले समाजमा ठूलो दुर्घटना एवम् विकृति समेत निम्त्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमल साहले बताउनुभएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका–२ स्थित श्री ने.रा.मा.वि रंगपुरमा आज लागूऔषध दुव्र्यसन विरुद्ध आयोना गरिएको जनचेतनामूलक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पटेर्वासुगौली गाउँपालिका र सानो पाइलाको संयुक्त आयोजना एवम् समुदाय प्रहरी साझेदारी ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको सहकार्यमा कार्यक्रमको आयोजना भएको थियो ।

लागुऔषध दूव्र्यसनीमा विशेष यूवा तथा विद्यार्थी उमेर समूहका बालबालिका फस्ने हुदाँ यसलाई समाजबाटै न्यूनिकरण गर्न विद्यार्थी सचेत रहनुपर्ने प्रहरी उपरिक्षक शाहको भनाई छ । यसका साथसाथै जनप्रतिनिधिहरु, नागरिक समाज, बुद्दिजीवी तथा अभिभावकहरुले यस्ता विकृतिलाई निर्मूल पार्न आवश्यक कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लागुऔषध दुव्र्यसन विरुद्ध प्रहरी प्रशासनले पूर्ण रुपमा सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । कार्यक्रम गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले समाजका युवाहरु दिनप्रतिदिन कुलततर्फ फस्दै गएकाले यसमा विशेष ध्यान दिन विद्यार्थीलाई आग्रह समेत गर्नुभएको छ ।

जनचेतनामूलक कार्यक्रम पालिकामा रहेका सम्पूर्ण निमावि तथा माध्यमिक विद्यालयमा आयोजना गरिने र आगामी दिनमा पनि यस्ता कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।

 


सम्बन्धित समाचार