Logo

९ कात्र्तिक, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमा सुधार ल्याउन तयार रहेको बर्ताएका छन् ।

उनले परिस्थिति बिग्रिएकाले आफूलाई देश छोडेर जान भनिए पनि त्यसका लागि तयार रहेको स्पष्ट पारेका हुन् । आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले “तपाईंहरूले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी छु, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।”

आफ्नो राजनीतिक यात्रा २०५७ सालदेखि माओवादी हुँदै एमाले र अहिलेको अवस्थासम्म आइपुगेको स्मरण गर्दै उहाँले जानेर वा नजानेर जे गरिए पनि अब सबैले सुध्रिएर देश बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
प्रसाईंको भनाइ छ, “ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं । मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।”

वार्ताको स्वागत र प्रदर्शनको तयारी

गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रसाईंले गरेको प्रदर्शन हिंसात्मक भएपछि उहाँ पक्राउ परेर अदालतको आदेशमा छुटेका थिए । यसैबीच, गृह मन्त्रालयले प्रदर्शन नगर्न आह्वान गर्दै उनलाई वार्तामा बोलाएको छ । मन्त्रालयले वार्तामा बोलाएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी कदमको स्वागत गरेका छन् । यद्यपि उनले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा पनि गरेका छन् ।


सम्बन्धित समाचार