Logo

११ कात्र्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीलाई औपचारिक रूपमा तीव्र पारेको छ ।

पार्टीले महाधिवेशन प्रतिनिधि छनोटको महत्त्वपूर्ण मापदण्ड तय गर्नका लागि केन्द्रीय सचिवालयको बैठक कात्तिक १५ गतेलाई आह्वान गरेको छ । मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना हुने महाधिवेशनलाई भव्यताका साथ सफल पार्नका लागि सचिवालय बैठकले विस्तृत कार्ययोजना (रोडम्याप) सार्वजनिक गर्ने तयारी गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कात्तिक १५ गते बस्ने उक्त बैठकले महाधिवेशन प्रतिनिधिहरूको छनोट विधि र सङ्ख्या निर्धारण गर्नेछ। एमालेमा हाल करिब साढे ६ लाख पार्टी सदस्य रहेका छन्, सोही सङ्ख्याका आधारमा प्रतिनिधि तय गरिनेछ । यसअघिको दशौँ महाधिवेशनभन्दा यसपटक प्रतिनिधिहरूको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

बैठकको मुख्य एजेन्डाहरूमा महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरूको गठन, स्थानीय आयोजक कमिटीसँगको समन्वय तथा महाधिवेशनको लोगो र आधिकारिक नारा अनुमोदन गर्ने रहेका छन् । पार्टीले महाधिवेशन आयोजनास्थल पोखराको व्यवस्थापनका लागि गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीलाई परिचालन गरिसकेको छ ।


सम्बन्धित समाचार