११ कात्र्तिक, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले दल दर्ताको लागि निवेदन दिएको छ ।
आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सहभागी हुने तयारीस्वरूप पार्टीले आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरेको हो । पार्टीका नेताहरूले प्रस्तावित नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राखेर आयोगमा निवेदन दिएका छन् ।
दल दर्ताका लागि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), नेता सन्तोष बुढामगर र कर्णजित बुढा लगायतका शीर्ष नेताहरू आयोगको कार्यालय पुगेका थिए । लामो समय भूमिगत राजनीतिमा सक्रिय रहेको विप्लव नेतृत्वको समूहले संसदीय निर्वाचनमा भाग लिने निर्णय गर्नु र सोही अनुरूप दल दर्ताका लागि आयोगमा निवेदन दिनुलाई नेपाली राजनीतिको एक महत्त्वपूर्ण घटनाक्रमका रूपमा लिइएको छ। यसले अब कम्युनिस्ट पार्टीहरूबीचको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।

















