Logo

११ कात्र्तिक, काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आगजनीको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको वैधानिकता र निष्पक्षतामाथि सर्वोच्च अदालतमा प्रश्न उठेको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध मंगलबार रिट दर्ता भएको हो । अधिवक्ता विपिन ढकालले आइतबार पेश गरेको रिट निवेदन मंगलबार दर्ता भई यसको पेसी बुधबारका लागि तोकिएको छ।

पूर्वाग्रह र प्राकृतिक न्यायको उल्लङ्घनको आरोप

रिट निवेदकले आयोगका पदाधिकारीहरूको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्। रिटमा भनिएको छ, ‘पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको छ।’ अध्यक्ष कार्कीले आफैँले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा विभिन्न समाचार सेयर गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइको सिद्धान्तको उल्लङ्घन गरेको रिटमा दाबी गरिएको छ । आयोगका दुई पदाधिकारी पूर्वाग्रही हुँदा सदस्य भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको रिट निवेदकको आरोप छ।

विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा गठित यो आयोगले जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गरिरहेको छ । रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्नरनगराउनका लागि रिट निवेदकले अन्तरिम आदेशको समेत माग गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै