Logo

१३ कात्तिक,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडक खण्डमा बुधबार राति भएको सवारी दुर्घटनामा एक वृद्ध पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १०ः३० बजे रामपुर टोकनीबाट लिपनीतर्फ जाँदै गरेको ना।१ ज ७३७३ नम्बरको टाटा सुमोले पैदल यात्रु ६५ वर्षीय गौरीशंकर साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि सो सुमो गाडी नजिकैको बिजुलीको पोलमा ठोक्किँदा पोल समेत भाँचिएको र सुमो घटना स्थलमै रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक दिपक कुमार बस्नेतको कमाण्डमा टोली खटिएको थियो। सोही क्रममा सुमो चालक प्रसौनी गाउँपालिका–७, बलुवा निवासी २२ वर्षीय राजन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा अर्को टोली पुगेर मुचुल्का संकलन कार्य सम्पन्न गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब १०ः४५ बजे शव मुचुल्का प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल कलैया, बारामा पोष्टमार्टमका लागि पठाइएको छ। टाटा सुमो गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


सम्बन्धित समाचार