Logo

१५ कार्तिक, काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो संगठनको घोषणा गरिएको हो।

भदौ २३ र २४ गते सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न, राज्यसँग सम्झौता गर्ने एजेन्डाहरू एकीकृत गर्न तथा सो आन्दोलनसँग सम्बन्धित सबै पक्षलाई एकताबद्ध गर्ने उद्देश्यका साथ ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको वक्तव्यमा उल्लेख गरिएको छ।

प्रेस वक्तव्यमा भनिएको छ, “२०८२ साल भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्दै राज्यसँग सम्झौता गर्ने एजेन्डा एकीकृत गर्न, यस विद्रोहसँग सम्बन्धित सबै व्यक्ति, समूह, संस्था तथा शुभेच्छुक नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने लक्ष्यसहित ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको हो।”

फ्रन्ट प्रारम्भिक रूपमा गठन गरिएको र यसमा सहभागी हुन इच्छुक सबैका लागि खुला रहेको पनि वक्तव्यमा स्पष्ट गरिएको छ। साथै, संगठनले जेनजी विद्रोहसँग सम्बन्धित आधिकारिक दस्तावेजसमेत सार्वजनिक गरेको जनाएको छ।


सम्बन्धित समाचार