Logo

६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी विषयमा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साले प्रेस विज्ञप्ती जारी गर्दै अलौमा यही चैत ८ गतेदेखि हुने शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरिएको घटनाको भत्सर्ना गरेको हो ।

संविधानले नै छुवाछुत एवम् भेदभावजन्य गतिविधिलाई अपराध मानेको भन्दै जातकै आधारमा विभेद हुनु खेदजनक भएको संघका अध्यक्ष श्याम पासवानद्वारा जारी बिज्ञप्तीमा भनिएको छ । महायज्ञका लागि अलौँका स्थानिय दलित समुदायले दिन खोजेको चन्दा पनि लिन अस्विकार गरिएको बताईएको छ ।

उनीहरुलाई महायज्ञमा समावेश नगराउन गैरकानुनी भएको हुँदा घटनालाई गम्भिरताका साथ लिई भेदभाव गर्नेलाई कानुनबमोजिम कारवाही गर्न संघको माग छ । खुलेयाम तरिकाले बरु जेल जान तयार रहेको तर महायज्ञमा दलित समुदायलाई बस्न नदिने अभिव्यक्ति दिने व्यक्तिलाई कानुनी दायरमा नल्याउन्जेल यस्ता विभेदजन्य घटना भईरहने संघको ठहर छ ।

महायज्ञमा दलित समुदायलाई समावेश नगराए संघले पनि कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।


सम्बन्धित समाचार