२१ कात्र्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । मूल्य वृद्धि भएपछि शुक्रबार छापावाल सुन प्रति तोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन २ लाख ३७ हजार ८०० रुपैयाँमा खरिद(बिक्री भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी देखिएको छ । महासंघका अनुसार बिहीबार प्रति तोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ३ हजार २० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष असर नेपाली बजारको सुनचाँदीको मूल्यमा पर्ने हुँदा आगामी दिनहरूमा पनि यसको मूल्यमा परिवर्तन आउन सक्ने देखिन्छ ।

















