२३ कात्र्तिक, काठमाडौँ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको संकट थप गहिरिएको छ ।
आइतबार बिहानै दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ, जहाँ बिहान ७ बजे औसत एक्यूआई३९१ रेकर्ड गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का तथ्याङ्कहरू अनुसार, दिल्लीका धेरै क्षेत्रहरूमा प्रदूषणको स्तर निकै चिन्ताजनक बनेको छ र एक्यूआई ४०० को खतरनाक स्तर पार गरेको छ। विशेषगरी, आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५, चाँदनी चोकमा ४०९, आरके पुरममा ४२२ र पटपडगञ्जमा ४२५ मापन गरिएको छ, भने बवाना क्षेत्रमा त सर्वाधिक ४३६ एक्यूआई रेकर्ड गरिएको छ ।
यसभन्दा अघिल्लो दिन शनिबार पनि औसत एक्यूआई ३५५ मापन गरिएको दिल्लीको हावाको गुणस्तरमा आएको यो नाटकीय गिरावटले शहरवासीहरूमा श्वासप्रश्वास सम्बन्धी रोगको उच्च जोखिम बढाएको छ।














