Logo

२४ कात्र्तिक, काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सम्मिलित नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ ।

आइतबार प्रचण्ड, माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने सहमति भएको हो । यसका लागि आगामी कात्तिक २६ गते बुधबार बृहत् पार्टी समायोजन कार्यक्रम आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

एमालेभित्र लामो समयदेखि असन्तुष्ट रहँदै आएका रावलको यो कदमले नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टीलाई थप बल पुग्ने र नेपालको वामपन्थी राजनीतिमा अर्को महत्त्वपूर्ण ध्रुवीकरण हुने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै