Logo

२८ कात्तिक,काठमाडौं । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु भए पनि अनलाइन प्रणालीमा समस्या देखिएको छ।

बिहीबारदेखि सेवा सुरु भए पनि एकैपटक धेरै नागरिकले आवेदन दिएका कारण प्रणालीमा ह्याङ हुन थालेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, “सेवाग्राहीको धेरै चाप भएकोले सिस्टम स्लो भयो। आईटी टोली अहिले समस्या समाधानमा खटिएको छ।”

उनका अनुसार, राष्ट्रिय परिचयपत्रका विज्ञ र आयोगको आईटी टोलीले मिलेर सिस्टम सुधार गर्न काम गरिरहेका छन्।

सेवाग्राहीहरूले पनि लामो समयसम्म प्रयास गर्दा अनलाइनबाट आवेदन स्वीकृत नहुँदा गुनासो गरेका छन्। आयोगले भने, “सर्वसाधारणले धैर्य राख्नुपर्ने छ, समस्या छिट्टै समाधान हुनेछ।”


सम्बन्धित समाचार