Logo

२८ कात्तिक,काठमाडौं ।सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ।निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

भट्टराईले भने, “निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ। यदि आवश्यक परे भविष्यमा थप बजेट सरकारबाट सहजै उपलब्ध गराइनेछ। अहिलेलाई ५ अर्ब रुपैयाँ स्वीकृत भएको छ।”

यसैगरी आयोगले तयारीलाई तीव्र बनाउँदै मतदाता सूची अद्यावधिक, मतदान सामग्री वितरण र निर्वाचन स्थल तयारीका काम अघि बढाइरहेको छ।


सम्बन्धित समाचार