Logo

२ मंसिर, काठमाडौं । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत विजयपुर खोलामा निर्माणाधीन पुलको ‘गर्डर लन्चिङ’ कार्यका लागि आजदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले जारी गरेको सूचना अनुसार, सुरक्षा संवेदनशीलताका कारण रातको समयमा गर्डर राख्ने काम गर्न नसकिने हुँदा यो निर्णय गरिएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा २ लेनको प्रिस्ट्रेस कंक्रिट पुल निर्माण भइरहेको छ । बन्दको समय तालिका अनुसार, हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण वा आंशिक रोक लगाइनेछ ।
यात्रुहरूलाई पर्न जाने असुविधालाई ध्यानमा राख्दै आयोजनाले वैकल्पिक मार्गको व्यवस्था गरेको छ।

दुईपाङ्ग्रे तथा साना सवारीसाधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने र फर्कने रुट तोकिएको छ भने, ठूला तथा मालबाहक सवारीसाधनहरू पावरहाउसचोकदेखि भौमारा हुँदै बिरौटा निस्कने र सोही मार्ग हुँदै फर्कने वैकल्पिक रुट प्रयोग गर्न सकिनेछ । आयोजनाले तोकिएको समयमा ट्राफिक व्यवस्थापनमा सहयोगका लागि स्थानीय प्रशासनलाई अनुरोध गरेको छ ।


सम्बन्धित समाचार