Logo

२ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारको परिसूचक (नेप्से) सँगै सबै समूहगत सूचकहरूमा वृद्धि भएको छ।

नेप्से परिसूचक १५.७० अंक ले बढेर २५६६ विन्दुमा कायम भएको छ । परिसूचकको वृद्धिसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ, जसअनुसार अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आजको कारोबारमा २०७ कम्पनीको सेयर मूल्य बढ्यो भने ४४ कम्पनीको मूल्य घट्यो र ५ कम्पनी स्थिर रहे । सबै समूहका सूचकहरू बढेका छन्, जसमध्ये विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्जीवन बीमा समूहमा उल्लेख्य वृद्धि देखियो । विशेषगरी आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशत वृद्धि) लागेको छ ।

१० प्रतिशत मूल्य बढेका कम्पनीहरूमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार रहेका छन् । यी सबै कम्पनीहरू हालै मात्र सूचीकृत भएका नयाँ कम्पनीहरू हुन् ।


सम्बन्धित समाचार